३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एमाले दुप्चेश्वर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजन तामाङ

५ असोज, काठमाडौँ ।  नेकपा एमालेको दुप्चेश्वर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजन तामाङ चुनिनुभएको छ । शिनबार काठमाडौँमा भएको भेलामा राजन तामाङको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सुवास श्रेष्ठ चुनिनु भएको छ । त्यस्तै सचिवमा शैलेन्द्र आचार्य, उपसचिवमा गमला पण्डित र कोषाध्यक्षमा सुरेन्द्र तामाङ चुनिनु भएको छ। यस्तै सदस्यहरूमा करण तामाङ, देवराज विश्वकर्मा, सविन थापा र विजय विश्वरकर्मा चुनिनु भएको नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य कृष्ण खतिवडाले जानकारी दिनुभयो ।

एमाले नेता राजकुमार पण्डितको अध्यक्षतामा भएको अध्यक्ष मण्डलले सर्वसम्मत रूपमा पालिका सम्पर्क कमिटी घोषणा गरेको हो । चौथोँ सम्मेलनको बन्दसत्रको प्रमुख अतिथि नेकपा एमालेका बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले युवाको बीचमा व्याप्त भएको निराशा चिर्न एमालेको विकल्प नरहेको बताउँदै पार्टीप्रति प्रतिवद्ध भएर काम गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्यहरू सुशील खड्का र विजय तामाङ पूर्व उपसचिव निलकण्ठ आचार्य लगायतले नयाँ कमिटीलाई राम्रो काम र समन्वयका लागि शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : 17:09