३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेपाल टेलिकमकले ल्यायो संविधान दिवस अफर, यसरी लिन सकिन्छ फाइदा

२ असोज, काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि अफर ल्याएको छ । सो अफर आजदेखि असोज ४ गते सम्मलागु हुने कम्पनीले जनाएको छ । यसमा ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यस्तै, डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यस्तै, रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । यो अफर प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत कम्पनीले दिनेछ ।

यो अफर आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर खरिद गर्न सकिने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १०:३०