१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

अधिकांश स्थानीय तहको कर्मचारी समायोजन सकियो

५ पुस, काठमाडाैँ । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ । स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन

उनले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको जानकारी दिइन ।समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिनुपर्ने व्यवस्थाअनुसार स्थायी कर्मचारीको समायोजन गरिएको हो ।

स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सोही तहका प्रमुख प्रशासकीय अधिकृतले समायोजनको पत्र दिएका छन् । उपसचिव निरौलाले केही कर्मचारीको प्राविधिक समस्या आएकाले चाँडै समायोजन सकिने बताइन् । उनका अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीको विवरण मन्त्रालयमा सङ्कलन भइरहेको छ । मन्त्रालयले अब सङ्घका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन थाल्ने छ ।

प्रकाशित मिति : December 20, 2018 at 7:51 am