१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

निफ्राको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त

३१ भदाै, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त हुनुभएकाे छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९ औं बैठकले दाहाललाई सञ्चालक नियुक्त गरेको हो । दाहाललाई भदौ २८ गतेदेखि लागू हुनेगरी ४ वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको निफ्राले जनाएको छ ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनुभएका दाहालले एमपिए र एमबीए गर्नुका साथै कानूनमा स्नातक समेत गर्नुभएकाे छ ।  दाहालको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : September 16, 2024 at 4:23 pm