चार वर्षीया बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ
४ पुस, दाङ । चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दाङको देउखुरीमा एक किशोर पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नम्बर ८ निवासी १८ वर्षका ती किशोरले मोबाइलमा गीत देखाउने बाहानामा बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमही दाङका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

ती किशोरविरुद्ध अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको छ । नयाँ कानुनले १८ वर्ष मुनिका व्यक्तिलाई नाबालिग भनेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 18:12







