१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कांग्रेस कोशी सरकारमा सामेल, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

२८ भदौ, काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सामेल भएको छ । शुक्रबार बिहान कांग्रेसले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।  कांग्रेस कोसीका महामन्त्रीसमेत रहनुभएका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी भएको हो।

राई भौतिक पूर्वधार मन्त्री बन्नुभएकोछ । यस्तै सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त हुनुभएको  छ ।

यस्तै भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिनुभएको छ । कांग्रेसले एउटा मन्त्रालय भने अझै खाली राखेको छ।

असार १७ गते केन्द्रमा एमाले कांग्रेसको गठबन्धन बनेपछि गत साउन ११ गते सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिए पनि कांग्रेस सरकारमा सामेल भएको थिएन ।

प्रकाशित मिति : September 13, 2024 at 11:12 am