३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रभु महालक्ष्मी लाइफको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२८ भदाै, काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाइएकाे छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाडाैँमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्यूनतम २०३ रुपैयाँमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ । निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०८:५४