स्वास्थ्य सचिवमा भ्रष्ट चौधरीलाई नै निरन्तरता दिन सर्वोच्चको अादेश
४ पुस, काठमाडाैँ । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा पुष्पा चौधरीलाई निरन्तरता दिने आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा चौधरीलाई नै निरन्तरता दिने आदेश जारी गरेको हो ।
मन्त्रिपरिषद्को गत असोज २८ गते बसेको बैठकले भ्रष्टाचार र अनियमितताको अारोपमा सचिव चौधरीलाई सरुवा गरेको थियो । मन्त्रिपरिषद्को सो निर्णयविरुद्ध चौधरीले गत कात्तिक १५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पहिलो सुनुवाइ गर्दै गत कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो । कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको उल्लेख गर्दै सरकारले गत मङ्सिर ५ गते निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तर हुने आदेश गरेको हो ।
प्रकाशित मिति : 08:37









