२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

३१ भदौमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

२७ भदौ, काठमाडौं । ३१ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुन अमेरिका जाँदैछन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार उक्त भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १३:२२