विद्यालयबाटै वेपत्ता भएको १३ दिनमा भेटिइनन् इलामकी १२ वर्षीया मीना गुरूङ
४ पुस, इलाम । इलाममा एक बालिका विद्यालयबाटै वेपत्ता भएको १३ पनि फेला परेकी छैनन् । उनी १३ दिनदेखि वेपत्ता भएपछि परिवारले खोजी गरिदिन सबैलार्इ अाग्रह गरेको छ । इलामको सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि विद्यालयबाट घर नअाएको बताइएको छ ।

स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययरत मीना गएको मंसिर २० गते बिहान विद्यालय गएकी थिइन । त्यसपछि परिवारको सम्पर्कमै नअाएको प्रहरीले जनाएको छ । हाल बलिकाका परिवार, आफन्त र प्रहरीलेसमेत मीनाको खोजीमा जुटेका छन तर उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति : 08:14









