बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, अामा गम्भीर घाइते
४ पुस, काठमाडाैँ । एक बिहानै काठमाडाैँको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन ।
प्रहरीका अनुसार आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् । बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको मृत्यु भएको छ । अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले महानगरीय प्रहरी वृत महाराजगञ्जले जनाएको छ ।
प्रकाशित मिति : 08:02







