सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरणमा धितोपत्र बोर्डले लगायो रोक
२६ भदाै, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको आर्थिक वर्ष २०८०/८१ को प्रतिफल वितरणमा रोक लगाएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिले लार्ज क्याप फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको थियाे ।
प्रतिफल वितरणार्थ भदौ २६ गते बुक क्लोज गर्ने निर्णयबारे क्यापिटलले धितोपत्र बोर्डलाई भदौ १७ गते जानकारी गराएको थियो।
धितोपत्र बोर्डले भने भदौ २५ गते क्यापिटललाई पत्र पठाउँदै हाललाई उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगित गर्न निर्देशन दिएको हो। सोहीबमोजिम क्यापिटलले लार्ज क्याप फन्डको प्रतिफल वितरण स्थगित गरेको छ।
प्रकाशित मिति : September 11, 2024 at 10:49 am









