१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, अटेर गरे कानुन परिवर्तन गरी कारबाही

५ चैत, काठमाडौँ । कानुन तथा न्याय मन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने बताएका छन । सोमबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने बताएका हुन ।

अहिलेसम्म न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक नहुँदा न्यायालयमा अराजकता र भ्रष्टाचार मौलाईरहेको भन्दै मन्त्री तमाङले कानुन परिवर्तन गरेरै भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्न लगाउने बताए ।

न्यायालयमा विवाद आएसँगै न्यायाधीशहरुको सम्पत्ति विवरण पनि सार्वजनिक हुनुपर्ने चौतर्फी दबाब बढेको छ । मन्त्री तातामाङले १५ दिनभित्रमा आफूलाई आवश्यक कानुन तयार पारेर ल्याउन अन्य मन्त्रालयहरुलाई निर्देशन समेत दिएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १५:३६