३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

दसैँमा सीजीको सामान खरिदमा ‘डब्बल खुसी’

२४ भदाै, काठमाडौँ । सिजीले दसैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्येक सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।

यस योजना अन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० रुपैयाँ सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।

कम्पनीका अनुसार, उपहारमा ६५ र ७५ इन्चका सीजीटीभी र ५५ इन्चमाथिको क्युलेड टीभी खरिदमा २.१ स्पिकर पाइन्छ । सीजीको डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान र एसबीएस मल्टी डोरको खरिदमा मरिडियाको भ्याकुम क्लिनर मिल्नेछ ।

माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल तीन किलोग्राम, डिसवासरको खरिदमा किट निःशुल्क पाइने सीजीले जनाएको छ ।

यसबाहेक सीजी स्पीकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिदमा क्यासब्याक मिल्ने सीजीले जनाएको छ ।

एयर कन्डिसनर खरिदमा निःशुल्क जडान मिल्ने सीजीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १९:२५