२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

निर्मला हत्या प्रकरणः नक्कली बलात्कारी खडा गर्ने सर्इ अवस्थी बर्खास्त हुने

३ पुस, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा नक्कली बलात्कारी सिर्जना गर्ने केही प्रहरी अधिकारीलार्इ बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी अतिरिक्त  महानिरीक्षक (एआईजी) धिरु बस्न्यात नेतृत्वको समितिले नक्कली बलात्कारी खडा गर्ने प्रहरीलार्इ बर्खास्त गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनले प्रहरी नायब निरिक्षक (सई) बासुदेव अवस्थीलाई बर्खास्त गर्न सिफारिस गरेको हो । अवस्थीले दिल्लीपको सर्ट च्यातेर उखुबारीमा लगेर राखेको पुष्टि भएकाले उनलार्इ बर्खास्त गर्न सिफारिस गरिएको छ । सर्इ अवस्थीले ‘घट्ना भएको २४ दिनपछि अभियुक्त भनेर सार्वजनिक गरिएका ४९ वर्षीय दिलिपसिंह विष्टको शर्टको गोजी प्रहरी नायव निरीक्षक बासुदेव अवस्थीले च्यातेको र उनले नक्कली बलात्कारी खडा गर्न मुख्य भूमिका खेलेको छानविन समितिले निष्कर्ष निकालेको छ ।

साउन १० गते कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा सई वासुदेव अवस्थी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुद्धा शाखामा कार्यरत थिए ।  निर्मलाको शव फेला परेको दिन घट्नास्थल नगए पनि सई अवस्थीले नक्कली प्रमाण जुटाउन भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ । छानविन समितिले अवस्थीलार्इ कसको अादेशमा नक्कली प्रमाण संकलन गरेको भन्ने प्रश्नमा उसले नाम खुलउनै नचाहेको प्रतिवेनदमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 22:00