२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित विमानस्थलबाट चितवनका अमित घिसिङ्ग पक्राउ

३ पुस, काठमाडौं । सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित विमानस्थलबाट चितवनका अमित घिसिङ्ग पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई पक्राउ गरेकाे हो ।

उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13:16