२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

श्रमिककाे अधिकारका लागि लड्न तयार छुः मन्त्री विष्ट

३ पौष, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले श्रमिककाे अधिकारका लागि अाफु लड्न तयार रहेकाे बताएका छन् ।

वैदेशिक राेजगार प्रवर्द्धन बाेर्डले १८औं विश्व आप्रवासन दिवसका अवसरमा  आज आयोजना गरेकाे ‘वैदेशिक राेजगारी : अबकाे बाटाे’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीकाे क्षेत्रमा सुधारका थुप्रै कामहरू गरिने बताए । त्यस्तै, उनले आन्तरिक श्रम बजारभित्र युवालाई उद्यमीसँगै स्वरोजगार बनाउनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको समेत बताए ।

रोजगारीका नाममा श्रमिकको भविष्यमाथि खेलवाड गर्ने जोसुकैले पनि उन्मुक्ति नपाउने बताउँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम बेचेर राज गरिरहेकाहरुलार्इ राेक्ने प्रतिबद्वता समेत व्यक्त गरे ।

 

 

 

 

प्रकाशित मिति : 12:09