९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

१९ भदाै, काठमाडाैँ । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन हुनुभएकाे छ । अमेरिकी मुलुक एल्साल्भाडोको राजधानी सान्साल्भाडोरमा जारी एलाइन्स फर फाइनान्सियल इन्क्लिुजन (एफआई) को ग्लोबल पोलेसी फोरमको बैठकले सारफीको अध्यक्षमा गभर्नर अधिकारीलाई चयन गरेको हो।

राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले भर्चुअल माध्यमबाटै बैठकको अध्यक्षता गर्नुभएकाे हाे। बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ। यसअघि सारफीका अध्यक्ष माल्दिभ्सका मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष हुनुहुन्थ्याे।

सारफीमा नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरु आबद्ध छन्। क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फीको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : September 4, 2024 at 2:41 pm