पर्सामा तस्करले प्रहरीमाथि आक्रमण गरी हतियार खोस्याे , ३ प्रहरी घाइते
३ पुस, वीरगञ्ज । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो ।
आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पर्साका एसपी रेवती ढकालले तस्करले भारततर्फ जैलाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए ।
एसपी ढकालका अनुसार बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले तस्करको समूह ल्याएर प्रहरीमाथि नै आक्रमण गरेर डिजेल र बाइक लैजान सफल भएका थिए ।
प्रकाशित मिति : 11:09









