९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

गण्डकी सरकारमा बन्दैछन् एमालेका ४ मन्त्री, आजै शपथ हुने

१७ भदौ, पोखरा । एमालेबाट गण्डकी सरकारमा ४ जना मन्त्री सहभागी हुने भएका छन्। प्रदेश सभा सदस्यहरू मित्रलाल बस्याल, कृष्ण पाठक, पद्यमा जिसी र प्रकाश केसी मन्त्री बन्ने पक्का भएको एमालेका एक सांसदले बताए।

आज सरकारमा सहभागी हुने सांसदको नाम एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएका थिए। मुख्यमन्त्री पाण्डेले उनीहरूलाई आज नै मन्त्री नियुक्त गर्ने र दिउँसो शपथ ग्रहण कार्यक्रमको तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : September 2, 2024 at 1:14 pm