सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त वैकुण्ठ दास १५ लाख धरौटीमा रिहा
२ पुस, जनकपुर । सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त वैकुण्ठ दास १५ लाख धरौटीमा रिहा भएका छन् । जनकपुरस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलार्इ जिल्ला अदालत धनुषाले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

फरार रहेका महन्तलाई प्रहरीले मंसिर १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो । नक्कली लालपूर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेको र उनीविरुद्द सरकारी कागज कीर्ते गरेको अभियोग लागेको थियो ।
प्रकाशित मिति : 19:13







