२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

२ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम 

२ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो । बंगालको खाडी र भारतको आन्ध्रप्रदेश क्षेत्रमा फेथाइ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको बताइएकाे छ ।

आज नेपालको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे  माैसमविदले अनुमान लगाएका छन् ।

पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हिमपातको सम्भावना पनि रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 09:50