७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

साफ यू-२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बंगलादेशसँग नेपाल पराजित

१२ भदौ, काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ।

बुधबार सातदोबाटो एन्फा कम्प्लेक्समा भएको खेलमा उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले नेपाल पराजित भएको हो । बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए।

५५ मिनेटमा पनि पुन: मिराजुलले नै दोस्रो गोल गरे भने ७१ मिनेटमा पनि बंगालदेशले तेस्रो गोल गरेका थिए ।

नेपालले भने ८१ मिनेटमा गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तामाङले गोल गरेका थिए।

१० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा समेत बंगलादेशले नै चौथो गोल गर्‍यो।

प्रकाशित मिति : August 28, 2024 at 4:50 pm