१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकार भ्रष्टचार विरोधी हो भने ५ वर्षे हदम्यादवाला विधेयक तत्काल फिर्ता लियाेस्: सांसद केसी

१२ भदौ, काठमाडौँ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विरोध गर्नुभएको छ । वाहाँले ५ बर्षे हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै प्रश्न गर्नुभयो ।

वाहाँले वर्तमान सरकारको गठबन्धन सुशासन‚दण्ड विहीनता र भ्रष्टाचार विरोधी छ भने तत्काल विधेयक फिर्ता लिनुपर्ने बताउनुभयो ।

देशमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्ति उन्मुलन गर्ने हो भने सदनमा अहिलेसम्म चर्चित भ्रष्टाचारको छानबिन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १४:३७