२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

लक्कीविरूद्ध लाग्ने वाङ्छुले शेरबहादुर देउवाको नाम बेचेर लाखाैँ ठगेको खुलासा (प्रमाणसहित)

१ पुस, काठमाडाैँ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि आरोप लगाउने वाङ्छु शेर्पाले नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम वेचेर लखाैँ ठगी गरेको खुलासा भएको छ ।

वाङ्छुले देउवाको नाम बेचेर गिरोह नै चलाएको प्रमाण फेला परेको छ । ठगी मुद्दामा फरार रहेका शेर्पाले सभापति देउवाको नजिकका दीपबहादुर देउवा अाफ्नो मित रहेको भन्दै सवारीसाधानको नक्कली लाइसेन्स बनाउने गिरोह चलाएको देखिएको छ ।

शेर्पाले ठगीको गिरोह सञ्चालन गर्दै आएको पनि प्रमाण फेला परेको छ । दर्जनौं सोझासाझाहरूलाई अष्ट्रेलिया लगिदिने भन्दै लाखौं रुपैयाँ ठगी गरी उनी फरार भएको देखिएको छ । उनीमाथि एक पीडितले ठगी मुद्दा दर्ता गरेपछि २०७५ ज्येष्ठ ३१ गते जिल्ला अदालत काठमाडौंले उनका पत्नी फुल्हमी शेर्पालाई १० लाख धरौटीमा छाडेको र बाङ्छु शेर्पालाई फरार भन्दै पक्राउ गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले शेर्पालाई पक्राउ गर्न आदेश दिएको ६ महिना बितिसक्दा पनि उनी पक्राउ परेका छैनन्। निम दावा शेर्पाले दायर गरेको मुद्दा फैसलाको अन्तिम तयारीमा रहेको छ । ठगीमा शेर्पासहित दुईजनाले किटानी जाहेरी दिएका थिए ।

वाङ्छु शेर्पा कि पत्नी फुल्हमी शेर्पाले तीन महिना भित्र अष्ट्रेलिया लगिदिने भन्दै २०७४ पौष १५ गते भोजपुरका निमदाबा शेर्पासँग २० लाख रुपैयाँ लिखित कागज गरी लिएका छन् । यसैगरी सिन्धुपाल्चोक तातोपानीका निमबुटी शेर्पा सित २ लाख ६० हजार २०७४ पौष १५गते लिखित कागज गरी लिएका थिए।

सिन्धुपाल्चोक तातोपानीका निमबुटी शेर्पा सित २ लाख ६० हजार २०७४ पौष १५गते लिखित कागज गरी लिएको लिखत।

वाङ्छु शेर्पा कि पत्नी फुल्हमी शेर्पाले तीन महिना भित्र अष्ट्रेलिया लगिदिने भन्दै २०७४ पौष १५ गते भोजपुरका निमदाबा शेर्पासँग २० लाख रुपैयाँ लिएको लिखत ।

जिल्ला अदालत काठमाडाैँले दिएको अादेश ।

जिल्ला अदालत काठमाडाैँले दिएको अादेश ।

प्रकाशित मिति : 21:37