२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

निर्मला हत्या प्रकरणः अनावश्यक दबाबले तनावमा परेका यज्ञराज अस्पतालबाट डिस्चार्ज

१ पुस, काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर उल्लटाखानकी निर्मला पन्तका बुवा यज्ञराज पन्त त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तीन साता लामो उपचारपछि उनी अाइतबार अस्पतालबाट ‘डिस्चार्ज’ गरेको हो।

उपचारमा संलग्न चिकित्सक सरोजप्रसाद अोझाले यज्ञाराज पूर्ण रूपमा निको भएकाले डिस्चार्ज गरिएको जानकारी दिए । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै अनसन बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।

फाइल तस्बिर ।

उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको भन्दै कञ्चनपुरबाट मंसिर ८ गते शिक्षण अस्पतालमा ‘रेफर’ गरिएको थियो। अस्पतालमा उनी मंसिर ९ गते भर्ना भएका थिए । डा ओझाका अनुसार यज्ञराजमा मानसिक तनाब बढी देखिएको र थाइराइडको समस्या थियो। अस्पतालमा उनको मानसिक र मेडिसिन विभागका चिकित्सकले उपचार गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : 19:30