१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रवि लामिछानेलाई तुरुन्त थुनौं : जितजंग बस्नेत

७ भदाै, काठमाडौँ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनुभएकाे छ ।

बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बताउनुभयाे ।

सरकार र गृहमन्त्री हाम्रै छ । तुरुन्त थुनौं ।’  दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि किन ढिलाई गरिएकाे ? सहकारी ठगी झन् ठूलाे अपराध हो’, वाहाँले भन्नुभयाे । बस्नेतले दाेहाेराे नागरिकता र पार्सपाेर्ट  नेतालाई छुट हुँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गर्नुभयाे

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १४:०२