एनसेलको सामान बोकेको ट्रकमा गुडिरहेको अवस्थामै अागलागी
१ पुस, कपिलवस्तु । एनसेलको सामान बोकेको ट्रकमा गुडिरहेको अवस्थामै अागलागी भएको छ । कपिलवस्तुमा गुडिरहेको ट्रकमा अाकस्मिक रूपमा अागलागी भएको हो । कपिलवस्तुको चन्द्रौटामा ना ६ ख ५८१२ नम्बरको ट्रक गुडिरहेको बेला आगो लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डडेलधुरामा एनसेलको टावर बनाएर फर्किँदै गरेको ट्रकमा आगो लाग्दा ट्रकमा लोड गरिएको व्याट्री जलेर नष्ट भएको छ । ट्रकमा राखिएको ब्याट्री सर्ट भइ आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति : 07:55









