९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सुदूरपश्चिम प्रदेश सभाले पारित गर्‍यो निजामती सेवा ऐन संशोधन विधेयक

४ भदाै, धनगढी । निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक सुदूरपश्चिम प्रदेश सभाले पारित गरेको छ।

आजको प्रदेश सभा बैठकले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले उक्त विधेयक प्रस्तुत गर्नुभएकी थिइन् ।

नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरी र माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले विधेयक राना थारु समुदायको मर्म तथा भावना विपरीत आएको भन्दै निजामती सेवामा यस समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ; सांसद ओलीले भन्नुभयाे ।

त्यस्तै, एमालेका सांसद चक्र मल्लले निजामती सेवा ऐन पारित नहुँदा बिभिन्न कार्य सम्पादनमा बाधा आएको बताउनुभयाे ।

प्रकाशित मिति : August 20, 2024 at 2:56 pm