२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेपाल लाइफका अध्यक्ष संघाईको शैक्षिक प्रमाणपत्र नक्कली, बीमा समितिमा परेको उजुरी नै गायब

५ चैत, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको छ । कम्पनीका अध्यक्ष संघाईको प्रमाणपत्र नक्कली रहेको दाबी सहित बीम समितिमा परेको उजुरी समेत गायब पारिएको छ ।

काठमाडौँको नयाँ बजारका राम अवतार अग्रवालले संघाईको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी सहित बीमा समिति र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिएका थिए तर समितिको उजुरी भने गायब पारिएको छ । २०७४ मंसिर २० मा परेको उजुरीको छानविन गर्नुको साटो समितिले भने लुकाएर राखेको छ ।

उजुरीमा छानविन नगर्न ठूलै आर्थिक चलखेल समेत भएको बुझिएको छ । संघाईको प्रविणता प्रमाणपत्र तह र स्नातक तहकत्त प्रमाणपत्र भारतबाट खरिद गरी ल्याइएको उजुरीमा दाबी गरिएको छ । बीमा सञ्चालकको योग्यता न्यूनतम स्नातक हुनुपर्ने व्यवस्था बीमा सुशासनमा उल्लेख गरिएकाले संघाईको प्रमाणपत्र नक्कली ठहर भए उनी सञ्चालकका लागि अयोग्य ठहर हुनेछन ।

समितिले उजुरी लुकाए पनि यस्तो गम्भीर विषयमा सिआईबीले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ । साथै समितिका पदाधिकारी माथि पनि छानविन गरी कारबाही गरिनुपर्छ ।

प्रकाशित मिति : 08:00