२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

२ भदाै, काठमाडाैँ । घरजग्गाकाे कारोबार वृद्धि भएको छ। गत वर्षको तुलनामा साउन महिनामा घरजग्गाकाे कारोबार बढेकाे हाे ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार साउन महिनामा ४३ हजार ८३५ लिखित पारित भएका छन्। अघिल्लो वर्षकाे साउनमा ३९ हजार २६३ लिखित पारित भएका थिए।

चालू आर्थिक वर्षको पहिलो महिना देशभरका मालपोत कार्यालयले १ लाख २७ हजार घरजग्गासम्बन्धी सेवा प्रदान गरेका छन्। असार महिनाको तुलनामा साउनमा घटेपनि अघिल्लो वर्षको तुलनामा बढेको छ।

घरजग्गाको उच्च कारोबार हुनेमा झापा, मोरङ, सप्तरीमा धेरै कारोबार भएको छ। साउनमा ३ अर्ब ८३ करोड रुपैयाँ रहेको राजस्व संकलन भएको छ। जसमा २ अर्ब ५५ करोड रुपैयाँ रजिष्ट्रेसनबाट उठाएको छ।

सेवा करबापत २६ करोड र पूँजीगत लाभकर १ अर्ब ३४ करोड रुपैयाँ उठेको भूम‍ि व्यवस्था तथा अभिलेख विभागले उल्लेख गरेको छ।

अघिल्लो वर्ष साउनमा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १६:४२