बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ प्रतिशतले बढ्यो
२ भदाै, काठमाडाैँ । नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रु.७४२ अर्ब ३७ करोड (१३.० प्रतिशत) प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप रु.६२७ अब २५ करोड (१२.३ प्रतिशत)प्रतिशतले बढेको थियो ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।
प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १६:३३