१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

भक्तपुरकाे इँटाभट्टामा फेरी एक महिला बलात्कृत, के हुँदैछ याे समाजमा ?

२८ मंसिर, भादगाउँ । सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वर्षीय वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मङ्सिर २५ गते डर त्रास देखाई जबर्जस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम गर्ने बागलुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उनलाई जबर्जस्ती करणी मुद्दामा अदालतमा पेश गरी त्यसबारे थप अनुसन्धान कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : December 14, 2018 at 9:29 pm