नुवाकोटको दुप्चेश्वरमा मिनिट्रक दुर्घटना, ठुलाे संख्यामा मानविय क्षती भएकाे अाशंका
२८ मंसिर, नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङफेदीमा शुक्रबार भएकाे मिनिट्रक दुर्घटनामा ठुलाे संख्यामा मानविय क्षती भएकाे अाशंका गरीएकाे छ ।

अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् ।
तामाङका अनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १८:३६












