अमेरिकी विदेश मन्त्रीकाे मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली वासिङ्टन जाँदै
२८ मंसिर, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच करीव १७ वर्षपछि उच्चस्तरीय भ्रमण तय भएको छ । अमेरिकी विदेश मन्त्री माइक पम्पिआको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आइतबार वासिङ्टन डिसी प्रस्थान गर्दैछन् ।
केपी ओली प्रधानमन्त्री भएकै बेला परराष्ट्रमन्त्री कमल थापाले तत्कालिन अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका थिए । यसपटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भने करीव दुई दशकको बीचमा सबैभन्दा उच्चस्तरको औपचारिक कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
दुवै देशका विदेशमन्त्रीहरुबीच डिसेम्बर १८ मा भेटवार्ता तय भएको स्रोतले जनाएको छ । मन्त्रीस्तरीय वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपालको चासोमाथि पनि छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसँग,अर्थ,गृह लगायत सम्बन्धित मन्त्रालयका सहसचिवहरु पनि अमेरिका जाँदैछन् । स्रोतका अनुसार नेपाल र अमेरिकाबीच द्धिपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक समेत आयोजना हुने भएको छ ।
प्रकाशित मिति : 17:40









