२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

प्यान अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

२४ साउन, काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ अनुसार अर्थ मन्त्रालय, नेपाल सरकार, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नका लागि साे आग्रह गरिएको हो ।

बैंकको पोर्टल panupdate.nicasiabank.com तथा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) ) मा रहेको ‘ Pan update ’ विकल्पमा ट्याब गरी ग्राहकहरूले आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने र आफूलाई पायक पर्ने यस बैंकको देशभरका शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने  एनआईसी एसिया बैंकले जनाएको छ ।

त्यस्तै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध  रहेकाे छ ।

प्रकाशित मिति : August 8, 2024 at 11:19 am