१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

एमालेको पाँच वटा जिल्ला कमिटी विघटन, यी हुन संगठन कमिटीका पदाधिकारी

२२ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा जिल्ला कमिटी विघटन गर्नुभएको छ । अन्तर पार्टी निर्देशन १० मार्फत पार्टी अध्यक्ष ओलीले कोशी प्रदेशका तीन वटा जिल्ला र सुदुरपश्चिम प्रदेशका दुइ वटा जिल्लामा मौजुदा जिल्ला कमिटी विघटन गरी संगठन कमिटीको घोषणा गर्नुभएको छ ।

ओलीको घोषणा अनुसार मोरङ जिल्ला संगठन कमिटीमा अध्यक्ष, बाबुराम कार्की, उपाध्यक्ष, शान्ति लिम्बु भुजेल, सचिव रविन थापा, उपसचिव सन्तोष साह र सोमराज थापा रहेको २७३ सदस्यीय जिल्ला संगठन कमिटी घोषणा भएको छ । हेमराज सुवेदीको संयोजकत्वको विगतको ५ सदस्यीय लेखा कमिटीलाई कायमै राखिएको छ ।

dainiki.com

यस्तै तेह्रथुम जिल्लामा अध्यक्ष तेजमान कन्दब्वा, उपाध्यक्ष संजय तुम्वाहाब्फे, सचिव शिव ढुंगाना, उपसचिव गणेश सोदेम्बा समेत रहेको १०७ सदस्यीय तेह्रथुम जिल्ला संगठन कमिटी घोषणा गरिएको छ ।

यस्तै ईलाममा अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुब, उपसचिव रवीन्द्र सुवेदी र विष्णुमाया आर्याल समेत रहेको १२७ सदस्यीय ईलाम जिल्ला संगठन कमिटी घोषणा गरिएको छ ।

अध्यक्ष ओलीले बझाङमा अध्यक्ष कलकबहादुर खड्का, उपाध्यक्ष मोहन जोशी, सचिव आनन्दलाल विक, उपसचिव सुरतबहादुर सिंह तथा सदस्यहरुः उमेश बोहरा, कलक रोकाया, धर्मराज खड्का, राकेश सिंह, लोकेन्द्र बोहोरा, प्रयागराज जोशी कापडी, लोकेन्द्र सिंह एल.बी., रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय, प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णुप्रसाद जोशी, दिनेश नेपाली र राधा विष्ट समेत रहेको संगठन कमिटी घोषणा गरेका छन ।

यस्तै डोटी जिल्लामा अध्यक्ष मञ्जु मलासी, उपाध्यक्ष शेरबहादुर मल्ल, सचिव लक्ष्मण मलासी, उपसचिव कृष्णकुमार खड्का र तेजबहादुर डुम्रेल समेत रहेको संगठन कमिटी घोषणा गरिएको छ ।

एमालेले विशेष परिस्थितिलाई ध्यानमा राखी अछाम जिल्ला कमिटीलाई यथावतरुपमा कायम राख्ने र अधिवेशन पनि नगर्ने निर्णय गरेको छ । यी जिल्लाहरूमा एमालेको केन्द्रको निर्देशन अनुसार समयमै जिल्ला अधिवेशन हुन सकेको थिएन । अधिवेशन हुन नसकेपछि अध्यक्षले माैजुदा कमिटी विघटन गरी नयाँ कमिटी घोषणा गरेका छन ।

प्रकाशित मिति : 20:58