३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

२२ साउन, काठमाडौँ । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ ।

एक कार्यक्रमकाबीच मंगलबार नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अब नबिल बैंकका ग्राहकहरूले यो सहकार्यसँगै एन बैंक (मोबाइल बैंकिङ) एप्लिकेसनमार्फत् आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न र वालेटबाट खातामा रकमान्तर गर्न समेत सक्नेछन्।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब खल्ती, ई सेवा र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १७:०१