६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

पूर्व लडाकुहरू पटक पटक विष सेवन गर्नका निम्ति किन पुग्छन गृहमन्त्रीको नजिक ?

२८ मंसिर, काठमाडाैँ । सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । यसअघि एक जना पूर्व लडाकुले गृहमन्त्रालयमा गृहमन्त्रीकै अघि विष सेवन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ०८:५२