१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुनुभएकाे छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका शाह नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे हाे ।

शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । यसअघि २६ माघ २०७९ मा मुख्यमन्त्री बन्नुभएका शाहले राजनीतिक समीकरण फेरिएपछि चैत २२ मा राजीनामा दिनुभएकाे थियाे ।

यसअघि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्नुभएकाे थियाे । १७ असारमा का‌ंग्रेस र एमालेको गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो । अल्पमतमा पर्नुभएका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १८:१३