एनआईसी एशिया क्यापिटल ५२.५३ प्रतिशत लाभांश दिने
१७ साउन, काठमाडाैँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाएको बताएको छ ।
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ११:२७