११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१६ साउन, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी आवेदन बुझाउन सक्नेछन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १२:५२