१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

तीन प्रदेशमा प्रमुख फेरिए, बागमतीमा दीपकप्रकाश देवकोटा

१४ साउन, काठमाडाैँ । सरकारले तीन प्रदेशमा प्रमुख फेरेको छ । तीन वटा प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिको निर्णय समेत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमतीमा यादव शर्मालाई पदमुक्त गरेर दीपकप्रकाश देवकोटालाई नियुक्त गरेको छ । त्यस्तै लुम्बिनीका अमिक शेरचनलाई पदमुक्त गरी कृष्णबहादुर घर्तीमगर र कर्णालीमा तिलक परियारलाई पदमुक्त गरी यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार २०:४६