२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

१४ साउन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 29, 2024 at 11:40 am