प्रधानमन्त्री बालेनलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । सो अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : November 23, 2026 at 10:45 am











