८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एशियन लाइफको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१४ साउन, काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले २ लाख ७१ हजिार ४६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयरको बिक्री मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीको विद्यमान संस्थापक सेयरधनी र अन्यले पनि खरिद गर्ने पाउनेछन् । इच्छुकले आजैका मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ११:०३