आज साउनको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो
१४ साउन, काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार बिहानैदेखि दर्शनार्थीको भीड हुने पशुपतिनाथ मन्दिरमा र अन्य शिव मन्दिरहरूमा व्रत बस्ने भक्तजनहरू दूध र जल चढाई पूजा गर्ने प्रचलन हरेको छ ।
साउने सोमबारलाई अत्यन्त शुभ मानि साउनको एक महिना भरि प्राय माछा, मासु, अन्डा, लसुन र प्याज जस्ता कुराहरू नखाइ बस्ने गरिन्छ । यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् भने हरेक सोमबार व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, चितवनको देवघाट, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसीलगायतका स्थानहरूमा देख्न सकिन्छ ।
त्यस्तै, बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ११:०३