१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

जनकपुरमा आज विवाह पञ्चमी महोत्सव हुँदै

२६ मंसिर, जनकपुरधाम ।  जनकपुरधाममा आज  विवाह पञ्चमीमा राम-सीताको विवाह महोत्सव हुँदैछ । विवाह पञ्चमी महाेलत्सवमा  उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।

जनकपुरको विवाह पञ्चमी महोत्सव भगवान राम र सीताको विवाहसँग सम्बन्धित छ । विवाहकालागि रामको जन्मस्थल अयोध्याबाट सीताको जन्मस्थल जनकपुरमा जन्ती आउने र अाजै यम्बर गरेर डोली लिई जन्तीहरु अयोध्या फर्किने गर्दछन् ।  यस विवाहपञ्चमीलाई हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन उत्सवको रुपमा मनाउने चलन छ ।

योगी आदित्यनाथका साथै विवाह महोत्सवमा सहभागी हुने भक्तजनहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको   प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका छन् ।

प्रकाशित मिति : 10:33