२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गरिने

११ साउन, काठमडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

dainiki.com

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने र त्यसका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेश गरिने उल्लेख गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १३:४९