२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

माैद्रिक नीतिः नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम

११ साउन, काठमाठाैँ । माैद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ। यस्तै, नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ ।

तर, ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखेको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने मौद्रिक नीतिमा उल्लेख छ ।

dainiki.com

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १३:०१